२०८३ आश्विन १७ गते , शनिबार

युवा संघको निर्वाचन सकियो

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ १४ गते , बुधबार
युवा संघको निर्वाचन सकियो

झापा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको १०औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदान सकिएको छ । पोखरा सभागृहमा बिहीबार १० बजेबाट सुरु भएको मतदान सवा ५ बजे सकिएको हो ।

१ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी भएका छन् । अबको केही समयमै मतगणना सुरु हुने निर्वाचन कमिटीले जनाएको छ ।

निर्वाचनमा क्षितिज थेबे र महासचिव सुमन पुरीको प्यानल चुनावी मैदानमा छ । थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन् ।

महासचिवमा थेबे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् । ६४ पद निर्विरोध हुँदा ९ पदाधिकारीसहित ९३ पदमा निर्वाचन भएको हो ।

सम्बन्धित समाचार