२०८३ बैशाख ५ गते , शनिबार

गणतन्त्र दिवसमा भएको मैत्रीपूर्ण फुटबलको उपाधि मजदुरलाई

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ १५ गते , विहीबार
गणतन्त्र दिवसमा भएको मैत्रीपूर्ण फुटबलको उपाधि मजदुरलाई

बिर्तामोड गणतन्त्र दिवसको अवसरमा झापाको बिर्तामोडमा आयोजित मैत्रीपूर्ण फुटबल खेलको उपाधि नेकपा माओवादी केन्द्रको मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ झापाले जितेको राजनीतिक दललाई ट्राइबेकरमा पराजित गर्दै महासंघले खसी हात पारेको हो

विजेतालाई कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोमौसम, पार्टीका केन्द्रिय सदस्य झलकसिंह दर्लामी, जिल्ला संयोजक राजु आचार्यअग्नीले पुरस्कारसहित ट्रफी हस्तान्तरण गरेका थिए उपविजेताले १५ केजी लोकल कुखुरा प्राप्त गरेका थिए खेलमा सहभागी सबै टिमलाई मायाको चिनो प्रदान गरिएको थियो प्रतियोगितामा १० टीमको सहभागिता रहेको थियो

कार्यक्रममा बोल्दै प्रमुख अतिथी आङ्बोले गणतन्त्रवादीहरु एक हुनु अहिलेको आवश्यकता भएको बताए संविधान विरोधी गतिविधीमा संलग्नहरुलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताउँदै उनले संविधानको रक्षा यसको पूर्ण कार्यान्वयन नै शहिदहरुप्रतिको सम्मान हुने बताए

कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव नविन बिमलीलगायतले शुभकामना मन्तव्य राखेका थिए

अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य सुरेश आले मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई अखिल क्रान्तिकारी झापाका फ्याक्सन इञ्चार्ज दधिराम रिमालले स्वागत गरेका थिए कार्यक्रममा नेकपा माओवादी केन्द्र झापा इञ्चार्ज रञ्जित तामाङ, केन्द्रिय सदस्य हरिकुमार राना, लक्ष्मी न्यौपाने सरु, बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर का अध्यक्ष तथा नेपाली कांग्रेस बिर्तामोड उपसभापति सूर्य कन्दङ्बा, का वडाध्यक्ष रोहित प्रसाई, का वडाध्यक्ष राहुल शर्मा, का वडाध्यक्ष मदन बुढाथोकी, अखिल नेपाल खेलकुद महासंघ झापा इञ्चार्ज मदन खड्कालगायतको सहभागिता रहेको थियो

कार्यक्रम अखिल नेपाल खेलकुद महासंघ झापा अनेरास्ववियु (क्रान्तिकारी) झापाले संयुक्त रुपमा आयोजना गरेको थियो    

 

 

सम्बन्धित समाचार