लोकबहादुर कार्कीको परिवारले बालनिकुञ्ज माविमा स्थापना गरे अक्षयकोष
बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित बालनिकुञ्ज माध्यमिक विद्यालयमा
स्व। लोकबहादुर कार्कीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । विद्यालयमा आज आयोजित एक कार्यक्रमका विच कार्की परिवारको तर्फबाट ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो ।
दाता विष्णुमाया कार्की र परिवारको तर्फबाट उक्त रकम बराबरको चेक विद्यालयका प्रधानाध्यापक भवानी प्रसाद थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर थापालाई हस्तान्तरण गरिएको छ ।
दाता परिवारको तर्फबाट बोल्दै देवराज कार्कीले कोषको व्याजबाट आउने १० प्रतिशत रकम हरेक वर्ष मुलकोषमा थप गरिने बताए । उनले कोषलाई हरेक वर्ष वृद्धि गर्दै लैजाने उदेश्य रहेको जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीले अक्षयकोष स्थापना गर्नु कार्की परिवारको तर्फबाट महत्वपुर्ण काम भएको बताए । उनले कोषको ९० प्रतिशत व्याज रकमले छात्रवृतिको साथै दिर्घरोगी विद्यार्थीलाई समेत सघाउ पुर्याउने भन्दै प्रशंसा गरे ।
बालनिकुञ्ज माविमा योसंगै अक्षयकोष स्थापनाको संख्या नौ पुगेको जनाईएको छ ।