२०८३ बैशाख ५ गते , शनिबार

विज्ञान प्रदर्शनीमा बुद्धशान्तिको आदर्श मावि प्रथम

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २६ गते , सोमबार
विज्ञान प्रदर्शनीमा बुद्धशान्तिको आदर्श मावि प्रथम

बिर्तामोड झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा सम्पन्न प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगितामा झापा बुद्धशान्ति को आदर्श माध्यमिक विद्यालय जयपुर पहिलो भएको विजेता बनेसँगै विद्यालयले नगद चार लाख रुपैँया पुरस्कार हात पारेको

कक्षा मा अध्ययनरत विशाल सहनीले तयार गरेकोट्रान्समिसन लाइन फल्ट डिटेक्सन प्रोजेक्टले सबैको रोजाईमा पर्न सफल भएको हो  उनलाई प्रोजेक्ट तयार पार्न विद्यालयका विज्ञान शिक्षक अरूण ढुङ्गेलले प्राविधिक सहयोग गरेका थिए

त्यस्तै बिर्तामोडको देवी माध्यमिक विद्यालय दोस्रो भएको कक्षा ११ का सविन बाँस्कोटाको नेतृत्वमा आयुष, अनिश सुवर्णले बनाएकोदेवी रोबोट ले दोस्रो स्थान प्राप्त गर्दै तीन लाख रुपैयाँ पुरस्कार जित्यो उनीहरूले करिब एक महिनामा उक्त रोबोट निर्माण गरेका थिए, जसले दर्शकहरूलाई चकित तुल्याएको थियो

त्यस्तै तेह्रथुमको सिंहदेवी माध्यमिक विद्यालय तेस्रो बन्दै दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको

इलामको फिक्कल मावि, पाँचथरको फिदिम मावि, सुनसरीको ल्याबोरेटरी मावि, खोटाङको चिसापानी मावि, ताप्लेजुङको भानु जन मावि, संखुवासभाको मनकामना रत्न अम्बिका मावि, झापाको हिमाली मावि, धनकुटाको त्रिवेणी मावि मोरङको रिलाइन्स अंग्रेजी माविले प्रोत्साहन स्वरूप २५ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गरे

तीन दिनसम्म चलेको प्रदर्शनी नेकपा एमाले विज्ञान तथा प्रविधी विभाग कोशी प्रदेशले आयोजना गरेको थियो पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीले कार्यक्रम उद्घाटन गरेकी थिइन्

सम्बन्धित समाचार