अनेरास्ववियुको निर्वाचन आज, पौडेल र कडरियाबिच प्रतिष्पर्धा
झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ ।
उम्मेदवारको अन्तिम नामावली हिजै सार्वजनिक गरेर विद्युतीय मेसिनमा उम्मेदवारको नाम राख्ने काम सम्पन्न भइसकेको छ । निर्वाचन बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युतीय मेसिनमार्फत हुनेछ ।
२४औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि प्रकाश पौडेल र डा. सुजन कडरियाबीच प्रतिस्पर्धा हुँदै छ । खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी र गणेशबहादुर शाही उम्मेदवार छन् ।
महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईँ र आरती भट्टराईको उम्मेदवारी परेको छ । महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेल प्रतिस्पर्धामा छन् ।
उपमहासचिवमा अमर बहादुर शाही, कमल जोशी र प्रेमिका शाही उम्मेदवार छन् । सचिवमा रक्षा बम, मनोज राई, अनुप लामिछाने, रोहित बम, स्मृती बराल, रेखा न्यौपाने, मदन भण्डारी, आकाश अधिकारी लगायत ३५ जनाको उम्मेदवारी परेको छ । निर्वाचनमा ४३ वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ । करिब १,५४३ प्रतिनिधिले मतदान गर्नेछन् ।