को हुन् अनेरास्ववियु अनुशासन आयोग अध्यक्षका उम्मेदवार तिवारी ?
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ । केहि पदहरु सर्वसम्मत चयन भएपनि मुल नेतृत्वसहित केहि पदहरुमा भने निर्वाचन भएको हो । मुलधारको राजनीतिको भावि नेता बन्ने एउटा बलियो आधारशिलाको रुपमा लिइने विद्यार्थी राजनीतिमा नेतृत्व लिन विद्यार्थीहरु जोडतोडका साथ लागि रहेका छन् ।
संगठनको महत्वपूर्ण विभाग मानिएको अनुशासन आयोगको अध्यक्ष पदका लागि समेत निर्वाचन जारी छ । आयोगको अध्यक्ष पदमा मुना तिवारीले बलियो दाबेदारी प्रस्तुत गरेकीछन् ।
को हुन् तिवारी ?
करिब एक दशकअघिदेखि विद्यार्थी राजनीतिमा होमिएकी तिवारी झापाको बाह्रदशीमा जन्मिएकी हुन् । विद्यार्थी राजनीतिमा प्रवेश गरेसँगै २०७३ सालमा उनी झापाको घैलाडुब्बास्थित आदर्श क्याम्पसको स्ववियु सभापतिमा सर्वसम्मत बनिन् । राजनीति शास्त्र र व्यवस्थापनमा स्नातकोत्तर गरेकी तिवारी त्यसयता लगातार तीन कार्यकाल अनेरास्ववियुको केन्द्रीय सदस्य बनिन् ।
हक्की स्वभावकी तिवारी पदाधिकारीमा उम्मेवारी नदिएर किन आयोग छान्नु भयो भन्ने प्रश्नमा सबैसँग छलफल र संवादपछि मैले नयाँ जिम्मेवारीमा रहेर काम गर्ने योजना बनाएको सुनाउँछिन् । पदाधिकारीमै बसेपनि पदले केही नहुने र जिम्मेवारी पाउँदा मात्र काम गर्न सकिने उनको धारणा छ । ‘अनुशासन विभागमा रहेर जति काम गर्न सक्छु, त्यति नै पदाधिकारीमा रहेर काम गर्न सक्छु,’ उनी भन्छिन्, ‘मतलव, मैले संगठनलाई गर्ने योगदान आयोगमा हुँदा पनि बढी नै हुन्छ । त्यसैले यसपल्ट अनुशासन आयोग रोजेको हुँ ।’
के छ उनको योजना ?
अखिलभित्र मौलाएको बेथिति र बेसंगति हटाउँदै, अखिललाई मर्यादित बनाएर विद्यार्थी राजनीतिको साख जोगाउने काममा गतिशिल रहन अनुशासन आयोग अध्यक्षमा उम्मेदवारी दिएको उनले प्रष्ट्याइन् । विद्यार्थी राजनीतिभित्रको अनुशासनको विषयमा आफु प्रतिबद्ध रहँदै अरूलाई मर्यादा, नीति नियम, संगठनको विधानभित्र रहन अनुरोध गर्ने आफ्नो योजना रहेको उनले सुनाइन् । ‘समसामयिक राजनीतिमा हामीले खेल्नुपर्ने भूमिकाका विषयमा खुलेर बहस चलाउनेछु । विद्यार्थी राजनीतिमा रहेर गर्नुपर्ने योगदानका विषयमा संवादका विषयमा बोल्न सक्ने बनाउने मेरो प्रयत्न हुने छ,’ उनले भनिन् ।
उनी भन्छिन्– ‘म एमाले र अनेरास्ववियुको सिपाही हुँ । म यी साथै नेपालको संविधान, एमाले र अखिलको विधान पढेकी विद्यार्थी हुँ । म यी तिन विषयभन्दा बाहिर गएर काम गर्दिन । म आयोग अध्यक्ष रहदा समेत यी विधान वा यी तारबारभन्दा बाहिर जाने छैन। यसका अलावा, संगठनभित्र हरेक विषयमा बहस छलफल चलाउनु आवश्यक छ । युवा पलायनको विषय सधैँ उठिरहन्छ । युवा पलायनलाई कसरी रोक्न सकिन्छ साथै स्वरोजगार कसरी बन्न सकिन्छ भन्ने विषय पनि बहस गर्न सक्नुपर्छ भन्ने लाग्छ ।’
संगठनमा हुने गुटगत राजनीतिको बिषयमा कुरा गर्दा उनले भनिन् –‘म गुटरहित राजनीतिको परिकल्पना गर्ने गर्दछु । यसको मतलव संगठनमा गुट छैन भन्ने होइन । तर, म भरसक आफू अब्बल सावित हुँदै विद्यार्थीबीच चिनिन चाहन्छु, न कि कसैको गुटबाट चिनिनु परोस् । यसैले म अहिले कुनै प्यानलमा छु जस्तो मलाई लाग्दैन ।’
रचनात्मक कार्य गर्न रुचाउने तिवारी महाधिवेशन स्थलमा चटपटे बेचिरहेकीछन् । युवाहरुलाई उद्यमशिल बन्न प्रेरित गर्ने त्यहाँबाट संकलित रकम अनाथालयलाई दिने उनको योजना छ । संगठनलाई एउटा विधी र थितीमा राखेर चलाउन आफ्नो उम्मेदवारी रहेको भन्दै आफुलाई अमुल्य मतदान गरिदिन सबै प्रतिनिधीलाई अ