२०८३ बैशाख ६ गते , आईतबार

काँकरभिट्टाबाट पेस्तोलसहित भारतीय नागरिक पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ असार ६ गते , शुक्रबार
काँकरभिट्टाबाट पेस्तोलसहित भारतीय नागरिक पक्राउ

बिर्तामोड प्रहरीले झापाको काँकरभिट्टाबाट पेस्तोलसहित भारतीय नागरिकलाई पक्राउ गरेको मेचीनगर नगरपालिका वडा नम्बर बसपार्कबाट भारतीय नागरिक जयप्रकाश कुमार पाठकलाई पक्राउ गरेको हो

शुक्रबार साँझ ७:२० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा भारतको सिलिगुडी बस्ने ३५ बर्षीय पाठकलाई भारतीय गाडीसहित नियन्त्रणमा लिएर खानतलासी गर्दा ड्राइभर बस्ने सिटमुनी चालु अवस्थामा रहेको पाँच राउण्ड गोलीसहित एयर पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए

पक्राउ परेका पाठकलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार