२०८३ आश्विन १७ गते , शनिबार

रामकुमारी झाँक्रीलाई कारबाहीको तयारी

sajilo news
परिवेश मिडिया
२०८२ असार १८ गते , बुधबार
रामकुमारी झाँक्रीलाई कारबाहीको तयारी

बिर्तामोड । पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध विस्फोटक अभिव्यक्ति दिएकी नेतृ रामकुमारी झाँक्रीलाई पार्टीले स्पष्टीकरण सोधेको छ ।

उनले अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएका थिइन् ।

यही अभिव्यक्तिपछि नेकपा एसभित्र झाँक्रीप्रति चर्को आक्रोश छ । पार्टी अध्यक्ष विरुद्ध अभिव्यक्ति दिएपछि पार्टीले स्पष्टीकरण सोधेको सचिव सोमप्रसाद पाण्डेले बताए ।

उनले भने, ‘अनुशासन आयोगले तीन दिने स्पष्टीकरण सोधेको छ । अब उहाँको जवाफ आउँला, जवाफ हेरेर पार्टीले आवश्यक निर्णय लिन्छ ।’

सम्बन्धित समाचार