२०८३ बैशाख ६ गते , आईतबार

पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ असार २४ गते , मंगलबार
पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

बिर्तामोड । काँकरभिट्टाबाट पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत पश्चिम बंगाल जिल्ला दार्जिलिङ जलपाईगुडी थाना भक्तिनगर सेवक रोड सिलिगुडी बस्ने २५ वर्षीय प्रतिक अग्रवाल रहेका छन् । आज बिहान ८ः५० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताबित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले मेची भन्सार कार्यालयको परिसरभित्र सवारी साधन तथा यात्रु चेकजाँच गर्ने क्रममा अग्रवालले चलाएर ल्याएको डब्लुबी७४एजे०४०० नम्बरको स्कुटरको डिकीभित्र लुकाई छिपाई राखेको अवस्थामा एयर पेस्तोल जस्तो देखिने चालु अवस्थामा रहेको हतियार बरामद भएको थियो ।
त्योसंगै उनले बोकेको सानो छालाको साईड ब्यागभित्र प्लास्टिकको पोकोमा १८ थान उक्त हतियारमा लाग्ने मेटल बुलेट, मोबाईल थान ४ फेला परेको थियो । उक्त अवैध हतियार,मोबाईल र सवारी साधनसहित उनलाई नियण्त्रणमा लिई इप्रका काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले बताए ।

सम्बन्धित समाचार