२०८३ बैशाख ६ गते , आईतबार

आफ्नो श्रीमानसँग लागेको भन्दै कुटपिट, युवतीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ असार २५ गते , बुधबार
आफ्नो श्रीमानसँग लागेको भन्दै कुटपिट, युवतीको मृत्यु

बिर्तामोड । झापाको अर्जुनधारामा आफ्नो श्रीमानसँग लागेको भन्दै एक युवतीमाथि सामूहिक कुटपिट भएको छ । कुटपिटबाट गम्भीर घाइते युवतीको मृत्यु भएको छ ।
अर्जुनधारा–४ भाङवारी घर भई हाल अर्जुनधारा वडा नं. ८ शनिश्चरे क्याम्पसनजिक प्रकाश गिरीको घरमा डेरा गरी बस्ने २२ वर्षीया गंगा रार्ईको मृत्यु भएको हो । राईलाई गएराति ११:३० बजे भोजपुर रामप्रसादराई गाउँपालिका वडा नम्वर ६ वैकुण्ठे घर भई अर्जुनधारा वडा नं. ८ स्थित विश्व चौधरीको घरमा डेरा गरी बस्ने ३१ वर्षीय रमेश भुसालकी श्रीमती ३२ वर्षीया सुस्मिता भुसालले अन्य महिलालाई साथमा लिई गई सामूहिक कुटपिट गरेको प्रहरीले जनाएको छ । उनको साथमा सोही ठाउँ बस्ने बर्ष ५४ की मैया श्रेष्ठ, ३८ वर्षीया बबिता बिक, २४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुन्दास गएको बताइएको छ ।
आफ्ना श्रीमान् रमेश भुसाल गंगा राईको कोठामा गएको भन्दै सुस्मिता भुसालले साथी भेला गरेर कुटपिट गरेको जनाइएको छ । आफ्नी श्रीमतीसँगै अन्य महिलाहरु आएपछि राईको कोठाबाट भुसाल तत्काल फरार भएको बताइएको छ ।
घाइतेलाई शंकर अस्पताल शनिश्चरेमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा आज बिहानको राति १ः२० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
मृतकको शव सोही अस्पतालमा नै रहेको  र पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले भुसाल दम्पतीसहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार