२०८३ बैशाख ५ गते , शनिबार
बक्सिङको राष्ट्रिय निर्णायकहरुलाई प्रमाण पत्र वितरण
बिर्तामोड । झापा जिल्ला बक्सिङ संघले राष्ट्रिय निर्णायकहरुलाई प्रमाण पत्र वितरण गरेको छ । सोमबार भद्रपुरमा उनीहरुलाई प्रमाण पत्र वितरण गरिएको हो ।
संघले गत जेठ ७ देखि १० गतेसम्म अर्जुनधारामा आयोजित तालिममा सहभागी १३ जना राष्ट्रिय निर्णायकहरुलाई प्रमाण पत्र वितरण गरिएको संघका अध्यक्ष युवराज खड्काले जानकारी दिए । तालिममा अर्जुनधारा–११ नयाँ बसपार्कस्थित एक्स थ्री बक्सिङ क्लबकी प्रबन्ध निर्देशक जोया सुब्बासहित दुई जना महिलासमेत सहभागी थिए ।
उनीहरुलाई आज झापा जिल्ला बक्सिङ संघको कार्यालयमा आयोजित कार्यक्रमका बिच प्रमाण पत्र वितरण गरिएको थियो । खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) र बक्सिङ संघका अध्यक्ष खड्का लगायतले राष्ट्रिय निर्णायकहरुलाई प्रमाण पत्र र परिचय पत्र प्रदान गरेका थिए ।