२०८३ बैशाख ६ गते , आईतबार
फार्मेसीको गोदाममा ठूलो परिमाणमा लागूऔषध फेला
बिर्तामोड । झापाको बिर्तामोडबाट प्रहरीले ठूलो मात्रामा प्रतिबन्धितलागू औषध बरामद गरेको छ । सनलाइट फर्माको गोदामबाट उक्त लागूऔषध बरामद भएको हो ।
बिहीबार बिर्तामोड-५ मंगलदीप टोलमा रहेको गोदाममा छापा मारेर प्रहरीले प्रतिबन्धित औषधी बरामद गरेको हो । सो गोदाम सनलाइट फर्माका संचालक भानुभक्त खरेलको भएको बताइएको छ । खरेलले मनकुमार संग्रौलाको घर भाडामा लिएर दुईवटा गोदाममा औषधी राखेका थिए ।
प्रतिबन्धित औषधी फेला परेको पुष्टि गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले त्यसबारे अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले एकजना कामदारलाई पक्राउ गरेको छ । औषधी व्यवसायी खरेल भने फरार भएका छन् ।