२०८३ बैशाख ६ गते , आईतबार

लागूऔषध कारोबारमा संलग्न खरेल एमालेद्वारा निलम्बित

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण ३ गते , शनिबार
लागूऔषध कारोबारमा संलग्न खरेल एमालेद्वारा निलम्बित

बिर्तामोड नेकपा एमालेले बिर्तामोड नगर कमिटी सदस्य भानुभक्त खरेललाई निलम्बन गरेको लागूऔषध कारोबारमा संलग्न भएको अभियोगमा उनीमाथि प्रहरीले अनुसन्धान अगाडी बढाएसँगै एमालेले उनलाई निलम्बन गरेको हो

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला कमिटी झापाका उपाध्यक्षसमेत रहेका खरेलले भाडामा लिएर गोदाम राखेको बिर्तामोड मंगलदीप टोलस्थित मनकुमार संग्रौलाको घरको दुई वटा कोठाबाट प्रहरीले ठूलो मात्रामा लागूऔषध बरामद गरेपछि एमालेले अनुसन्धान नसकिएसम्मका लागि भन्दै निलम्बन गरेको हो शनिबार विज्ञप्ति जारी गर्दै नेकपा एमाले बिर्तामोड नगर कमिटीले खरेललाई निलम्बन गरेको जनाएको हो

इलाका प्रहरी कार्यालय अनारमनीले मिति २०८२ श्रावण गते कार्यालय परिसरमा पत्रकार सम्मेलन गरेर प्रतिबन्धित औषधी लागुऔषध समेत बरामत गरेको विषय सार्वजनिक गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको प्रतिबन्धित औषधी लागुऔषध कारोबारमा नेकपा एमाले बिर्तामोड नगर कमिटीका सदस्य भानुभक्त खरेलको नाम समेत जोडिएकोमा गम्भीर ध्यानाकर्षण भएको

बिर्तामोड नगर कमिटीको मिति २०८२ साल श्रावण गते सम्पन्न सचिवालयको बैठकले उक्त घटनामा नाम जोडिएका नगर कमिटी सदस्य भानुभक्त खरेललाई अनुसन्धान नसकिए सम्मका लागि नगर कमिटी सदस्यबाट निलम्बन गर्ने निर्णय गरिएको सबैमा जानकारी गराउदछौँ

गलत क्रियाकलापमा संग्लन जो कोहिलाई कार्वाही हुनपर्छ भन्ने हाम्रो पार्टीको नीति रहेकाले अनुसंन्धानमा सहयोग गर्न निजलाई निलम्बन गरिएको यसै विज्ञप्ति मार्फत अवगत गराउदछौँ,’ विज्ञप्तिमा भनिएको

खरेलले औषधी व्यवसायीको आवरण राजनीतिक आडमा लामो समयदेखि लागूऔषध कारोबार गर्दै आएको फेला परेको प्रहरीले अनुसन्धानको क्रममा खरेलका सहयोगी कामदार अर्जुनधारा निवासी २५ बर्षीय विनोद घिमिरेलाई पक्राउ गरेपनि मुख्य कारोबारी खरेल भने फरार रहेका छन् मुख्य अभियुक्तलाई तत्काल पक्राउ गरी कारबाही गर्न वाईसीएल नेपाल बिर्तामोड औषधी व्यवसायी संघले यस अघि नै विज्ञप्तिमार्फत माग गरेका छन्

सम्बन्धित समाचार