२०८३ आश्विन १७ गते , शनिबार

काँकरभिट्टा नाकाबाट चियाको निर्यात बढ्यो, अलैँचीको घट्यो

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण ४ गते , आईतबार
काँकरभिट्टा नाकाबाट चियाको निर्यात बढ्यो, अलैँचीको घट्यो

बिर्तामोड । झापाको काँकरभिट्टा नाकाबाट चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक बर्ष २०८०/८१ को तुलानामा २०८१/८२ मा चियाको निर्यात ४०.५ प्रतिशले बढेको हो ।

आव २०८०/८१ मा काँकरभिट्टा नाकाबाट १ करोड १४ लाख ९२ हजार ७५६ किलो चिया निर्यात भएकोमा गत आव ०८१/८२ मा १ करोड ४४६३३६५ किलो चिया निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । आव ०८१/८२ मा ३ अर्ब ६ करोड ६४ लाख ७८ हजार मुल्य बराबरको चिया निर्यात भएको मेची भन्सार कार्यालयका सुचना अधिकारी इश्वरकुमार हुमागाईँले जानकारी दिए ।

त्यस्तै नगदेबालीको रुपमा रहेको अलैँचीको निर्यात भने घटेको छ । आव ०८०/८१ मा ७ अर्ब ४६ करोड ६८ लाख ७६ हजार मुल्य बराबरको ४७१०८४० किलो अलैँची निर्यात भएकोमा आव ०८१/८२ मा ७ अर्ब १८ करोड १० लाख ७३ मुल्य बराबरको ३९८९२५० किलो अलैँची निर्यात भएको सुचना अधिकारी हुमागाईँले बताए ।  

काँकरभिट्टा नाकाबाट बढी निर्यात हुने मालबस्तुहरुमा फलामे पाता, प्लाइउड, भेनियर सिट, कुच्चो, डग फुड, मोलासिस, सिमेन्ट क्लिङकर र अदुवा रहेका छन्‌ ।

सम्बन्धित समाचार