२०८३ आश्विन १७ गते , शनिबार

‘कुनै पदप्रति लालसा, महत्त्वाकांक्षा र आशक्ति ममा छैन’ : पूर्वराष्ट्रपति भण्डारी

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण १० गते , शनिबार
‘कुनै पदप्रति लालसा, महत्त्वाकांक्षा र आशक्ति ममा छैन’ : पूर्वराष्ट्रपति भण्डारी

झापा । साउन ५ र ६ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन् ।

उक्त बैठकले भण्डारीलाई पार्टी राजनीतिमा आउन नमिल्ने निष्कर्ष निकाल्दै उनको सदस्यता नवीकरण गर्न नमिल्ने निष्कर्ष निकालेको थियो ।

यसैबीच उनले शुक्रबार आफू पार्टी सदस्य भएको ४५ वर्ष भएको, राष्ट्रपति हुँदा भूमिका पूर्ण पूरा गरेको र अहिले पुनः राजनीतिबाटै जनतासँग जोडिन लागेको बताएकी छिन् ।

‘कुनै पदप्रति लालसा, महत्त्वाकांक्षा र आशक्ति ममा छैन । किनकि, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकै छु,’ उनले भनेकी छिन्, ‘मेरो उद्देश्य भनेको पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीतिमार्फत देश र जनताको सेवा गर्ने नै हो। अनि मुलुक र जनतालाई समृद्ध र सुखी बनाउने अभियानलाई अगाडि बढाउने नै हो ।’

साथै, उनले सदस्यता नवीकरणमा रोक लगाउनुको कुनै कारण नभएको पनि बताएकी छिन् ।

यस्तो छ भण्डारीको वक्तव्य : 

सम्बन्धित समाचार