२०८३ आश्विन १७ गते , शनिबार

१४ बर्षीया किशोरीको हत्या, दुई जना घाइते

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण १३ गते , मंगलबार
१४ बर्षीया किशोरीको हत्या, दुई जना घाइते

झापा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या भएको छ । अन्य दुईजना घाइते छन् ।

कटैयाचौरी भन्ने स्थान नजिक भएको घटनामा धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको हो ।

अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी राधा यादव घाइते छन् । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।

अञ्चली जनकपुरमा डेरा गरी आमासँग बसेर पढिरहेकी थिइन् ।

मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीका अनुसार घटना गएराति ११ बजेतिर भएको हो । उनले घटनाको अनुसन्धान भइरहेको र धारिलो हतियार प्रहार गरी फरार भएका व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।

सम्बन्धित समाचार