२०८३ बैशाख ५ गते , शनिबार

तिज भिडियो प्रतियोगिता हुँदै

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण १४ गते , बुधबार
तिज भिडियो प्रतियोगिता हुँदै

बिर्तामोड । नजिकिँदै गरेको नारीहरूको महान पर्व तिजको अवसरमा तीज भिडियो प्रतियोगिता आयोजना हुने भएको छ ।झापाको बिर्तामोड-३ स्थित बिराट पोखरी सरोवर बहुउद्देश्यीय विकास समितिले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
विराट पोखरीको परिसरमा तिजको गीत, पोखरीको सौन्दर्य र प्रतियोगीको उत्साह देखाइएको भिडियो बनाएर विकास समितिमा पठाउनु पर्ने समितिका सचिव जगन्नाथ भट्टराईले जानकारी दिए ।
भिडियो बनाउँदा तिज विशेष पहिरन अनिवार्य लगाएको हुनुपर्ने, समितिको फेसबुक पेज फलो गरेको हुनुपर्ने सचिव भट्टराईले बताए ।
साउन १५ देखि २५ गतेभित्रमा भिडियो पठाउनु पर्ने र उक्त भिडियो समितिका सचिव भट्टराईको ह्वाट्सयाप नम्बर ९८२३०९१२५२ / ९८१४९३१०४६ मा पठाउन सकिने समितिले जनाएको छ ।
पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार क्रमश: ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ प्रदान गरिने छ । पुरस्कार भदौ १० गते तिज विशेष कार्यक्रमका बीच वितरण गरिने सचिव भट्टराईले बताए । 

सम्बन्धित समाचार