२०८३ बैशाख ६ गते , आईतबार

अखिल नेपाल खेलकुद महासंघ झापामा आले

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण २९ गते , विहीबार
अखिल नेपाल खेलकुद महासंघ झापामा आले

बिर्तामोड अखिल नेपाल खेलकुद महासंघ झापाको अध्यक्षमा सुरेश आले चयन भएका छन् महासंघ झापाको दोस्रो जिल्ला सम्मेलनबाट आलेको नेतृत्वमा समिति गठन भएको हो

बिहीबार बिर्तामोडमा सम्पन्न सम्मेलनबाट आलेको नेतृत्वमा ३१ सदस्यीय समिति चयन गरिएको हो समितिको उपाध्यक्षत्रयमा हरि बस्नेत, प्रवेश कुमार श्रेष्ठ (राजु)  पंकज शेर्पा चयन भएका छन् सचिवमा सुरेन्द्र गिरी, सहसचिवमा पुरन भण्डारी कोषाध्यक्षमा गंगा तुम्बापो चयन भएका छन्

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज रञ्जित तामाङले युवाले खेलकुदमार्फत राजनीतिमा जोडिनुपर्ने बताए नेपाललाई विश्वमा चिनाउने विभिन्न विधामध्ये खेलकुदपनि एक भएको बताउँदै यसको विकासमा राज्य लाग्नुपर्ने बताए तामाङले खेलकुद स्वास्थ्यका लागि मात्र नभइ यसले अनुशासनलाईपनि सँगै अगाडी बढाउने बताए मुलुकको विकासका लागि युवाशक्ति एकजुट हुनुपर्नेमा तामाङले जोड दिए

कार्यक्रमका विशिष्ट अतिथी नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नी)ले सबै युवाहरु खेलकुदमा जोडिएर अगाडी बढ्नुपर्ने बताए

कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा बिर्तामोड इञ्चार्ज कुवेर श्रेष्ठ (अरुण), प्रदेश सदस्य डिल्ली घिमिरे (हिक्मत), अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज मदन खड्कालगायत नेता कार्यकताहरु सहभागी थिए

निर्वतमान अध्यक्ष राजु दर्नालको अध्यक्षतामा सम्पन्न कार्यक्रम वर्तमान सचिव सुरेन्द्र गिरीले सञ्चालन गरेका थिए   

सम्बन्धित समाचार