२०८३ बैशाख ६ गते , आईतबार

उद्वारको बहानामा घाइतेको सिक्री चोरी गर्ने दुई जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र ३ गते , मंगलबार
उद्वारको बहानामा घाइतेको सिक्री चोरी गर्ने दुई जना पक्राउ

बिर्तामोड झापाको झिलझिलेमा केहि दिन अघि सवारी दुर्घटनामा घाइते व्यक्तिको सुनको सिक्री चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको घाइतेलाई उद्वार गर्ने बहानामा सिक्री चोरी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका वडा नं.  बस्ने २८ वर्षीय सुरज हलुवाई सोही ठाउँ बस्ने २६ वर्षीय गोबिन हाङ लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो

गत साउन २९ गते कमल गाउँपालिका वडा नं.  बस्ने ३० वर्षीय मनोज लिम्बू दोमुखाबाट घरतर्फ फर्कने क्रममा शिवसताक्षी नगरपालिका वडा नंं.  स्थित झिलझिले बजारमा स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेका थिए स्थानीयहरुले देखेर एम्बुलेन्समा हाल्दै गर्दा घाइते लिम्बूले घाँटीमा लगाएको ५६ ग्राम २५ मिलिग्रामको सुनको सिक्री हराएको थियो उनले साउन ३१ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा निवेदन दिएका थिए प्रहरीले खोजी गर्ने क्रममा उक्त सुनको सिक्री घाइतेको उद्धारमा संलग्न हलुवाई लिम्बूले चोरी गरी लगेको खुल्न आएको थियो

उनीहरुलाई खोजी गर्ने क्रममा ३९ ग्राम २२ मिलिग्राम तौल भएको सुनको सिक्रीको टुक्रा नेपाली नगद ३० हजारसहित आइतबार साँझ ६ः३५ बजे शिवसताक्षी नगरपालिका वडा नं.  गणेश चौकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी कसुरमा अनुसन्धानको लागि जिल्ला अदालत झापाबाट दिन म्याद अनुमति लिइ अनुसन्धान भइरहेको जिप्रका झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए

सम्बन्धित समाचार