२०८३ आश्विन १७ गते , शनिबार

आशिका तामाङलाई ५ दिन कैद र पाँच सय जरिवाना हुने ठहर

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र १३ गते , शुक्रबार
आशिका तामाङलाई ५ दिन कैद र पाँच सय जरिवाना हुने ठहर

काठमाण्डौ । आफूलाई अभियान्ता बताउने आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले आपराधिक उपद्रव  सम्बन्धी कसुरमा दोषी ठहर गरेको छ ।

गत माघमा जिल्ला अदालत भक्तपुरमा दायर भएको मुद्दामा बिहीबार न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले फैसला गर्दै तामाङलाई दोषी ठहर गरेको हो । जिल्ला अदालत भक्तपुरकी सूचना अधिकारी हिराकुमारी भण्डारीका अनुसार कसुर ठहर भए पनि सजाय भने कम गरिएको छ ।

तामाङ र अर्का प्रतिवादी शरण तिरुवालाई पाँच दिन कैद र पाँच सय जरिवाना तोकिएको छ  । उनीहरुलाई तीन वर्षकैद र तीस हजार रुपैयाँ जरिवाना हुनुपर्ने अभियोग दाबी सरकारी वकिलको थियो ।

गत वर्ष असोज ७ गते तामाङ र तिरुवाले भक्तपुर र काभ्रको सीमा पर्ने साँगास्थित झोलुङ्गे पुलमा वारपार गर्नेसँग २० रुपैयाँ लिएको भन्दै लफडा गरेकी थिइन् ।

त्यहाँ उनले कर सङ्कलन गर्ने रसिदसमेत तामाङले कर्मचारीबाट खोसेर जलाइदिएकी थिइन् भने होडिङबोर्ड च्यातेकी थिइन्  ।

उक्त कसुरमा उनी अनुसन्धानको क्रममा २४ दिन थुनामा बसेकी थिइन् भने २० हजार धरौटीमा रिहा भएकी थिइन् ।

सम्बन्धित समाचार