२०८३ बैशाख ६ गते , आईतबार

सीजी ब्रुअरीको ट्रेड पार्टनर मिट सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र १६ गते , सोमबार
सीजी ब्रुअरीको ट्रेड पार्टनर मिट सम्पन्न

बिर्तामोड व्यवसायीक घराना सीजी ब्रुअरीले ट्रेड पार्टनर मिट बिर्तामोडमा सम्पन्न गरेको कम्पनीले मुस्ताङ सिक्स बियरको लञ्चिङसँगै ट्रेड पार्टनर मिट सम्पन्न गरेको हो

बिर्तामोडको इन्द्रेणी व्याङ्क्वेटमा सोमबार साँझ कार्यक्रम सम्पन्न भएको हो

कम्पनीले मुस्ताङ बियरमा प्रतिशत अल्कोहलको मात्रासहित नयाँ उत्पादनलाई लञ्च गरेको नयाँ उत्पादन नयाँ स्वादमा उपलब्ध रहेको कम्पनीका नेशनल मेनेजर रणबहादुर खत्रीले जानकारी दिए

झापाको माईवारीको आधिकारीक बिक्रेता आभार एक्जिम प्रालिकी प्रोपाइटर पुनम नेपाल पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई मिलन पोखरेलले स्वागत गरेका थिए होलसेल व्यवसायी संघ बिर्तामोडका अध्यक्ष प्रकाश वास्तोलाले शुभकामना मन्तव्य राखेका थिए

आभार एक्जिम प्रालिका निर्देशक सुरेन्द्र पाठक, सीजीका नेशनल मेनेजर खत्री, होलसेल व्यवसायी संघ बिर्तामोडका अध्यक्ष बास्तोलालगायत अतिथीहरुले वियरको बिर्को खोलेर लञ्ज भएको घोषणा गरेका थिए

मुस्ताङ सिक्स फुल बोत्तल, हाफ बोत्तल क्यानमा उपलब्ध रहेको आभारकी प्रोपाइटर पुनम नेपाल पोखरेलले जानकारी दिइन् कम्पनीले गुणस्तरीय उत्पादन बजारमा ल्याएकाले मुस्ताङ सिक्सले वियर पारखीहरुको सजिलै मन जित्ने अर्का सञ्चालक मिलन पोखरेलले दाबी गरे

कार्यक्रममा सय बढी व्यवसायीहरुको उपस्थिती रहेको थियो

सम्बन्धित समाचार