२०८३ बैशाख ६ गते , आईतबार

सूचीकरणका लागि सम्पर्कमा आयो फेसबुक

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र १९ गते , विहीबार
सूचीकरणका लागि सम्पर्कमा आयो फेसबुक

बिर्तामोड सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको तयारीपछि फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको सचिवालयसँग सम्पर्क गरेको

मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरमा कार्यरत एकजना कर्मचारीले मन्त्रीका स्वकीय सचिव शालिग्राम पराजुलीलाई सम्पर्क गरेको हुन्

उनले लगत्तै दर्ता तथा सूचीकरणका लागि चाहिने विवरणको इमेल मेटा कम्पनीलाई पठाइएको बताए

ठाकुरले भने, ‘मेटाको सिंगापुरमा कार्यरत एक जना अन्सारी थरको कर्मचारीले मन्त्रीज्यूको पीएलाई सम्पर्क गरेर दर्ता तथा सूचीकरणका लागि केके डकुमेन्ट चाहिन्छ भनेर जानकारी माग्नुभएको रहेछ मन्त्रीज्यूको पीएले हामीलाई दर्ता तथा सूचीकरणका लागि चाइने विवरण पठाइदिन भन्नुभएपछि हामीले तत्काल इमेल गरेर मिनेटमा आवश्यक पर्ने विवरणबारे इमले पठाइसकेका छौ

मन्त्रालयले अघि साँझ बजेति इमेल गरेको प्रवक्ता ठाकुरको भनाई

सरकारले सूचीकरणका लागि हिजोसम्मको समय दिएपनि मेटा बाहेक अन्य सामाजिक संस्था सम्पर्कमा आएका छैनन् सूचीकरणका लागि सम्पर्कमा नआउने सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने सरकारको तयारी

सम्बन्धित समाचार