२०८३ आश्विन १७ गते , शनिबार

अमेरिकाले देश निकाला गरेका १९ जना काठमाण्डौ आइपुगे

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र २० गते , शुक्रबार
अमेरिकाले देश निकाला गरेका १९ जना काठमाण्डौ आइपुगे

काठमाण्डौ । संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली आज साँझ काठमाण्डौ आइपुगेका छन् । डिपोर्ट भएर नेपाल आउनेमा दुई महिला र १७ पुरुष छन् ।

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिए ।

यसअघि अमेरिकाबाट विभिन्न चरणमा दुई सय १५ नेपाली डिपोर्ट भएर नेपाल आइसकेका छन् ।

 

सम्बन्धित समाचार