२०८३ बैशाख ५ गते , शनिबार

ट्रेड युनियन एघारलाई हराउँदै प्रजिअ एघार विजयी

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र २० गते , शुक्रबार
ट्रेड युनियन एघारलाई हराउँदै प्रजिअ एघार विजयी

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय आवद्द टिम प्रजिअ एघार र झापा स्थित ट्रेड युनियनहरू आवद्ध टिम ट्रेड युनियन एघार बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ। झापाको भद्रपुर स्थित मेची रंगशालामा शुक्रबार सम्पन्न खेलमा ट्रेड युनियन एघारलाई ३-४ गोल अन्तरले प्रजिअ एघार विजयी भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला सहितको प्रजिअ एघार टिममा जिल्ला प्रशासन कार्यालय मातहतका कार्यालय प्रमुख र कर्मचारी संलग्न थिए भने ट्रेड युनियन एघारमा नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन झापाका अध्यक्ष रामचन्द्र बस्नेत सहित नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन एवं एकीकृत कर्मचारी संगठन आवद्ध पदाधिकारी एवं सदस्यहरू संलग्न थिए ।
जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईको प्रमुख आथित्यता सम्पन्न सो खेलकुद कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बु, राष्ट्रिय अनुसन्धान कार्यालय झापाका उपरीक्षक उमेश पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनील निरौला, मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारी, मालपोत कार्यालय झापाका प्रमुख मालपोत अधिकृत टिकामणी न्यौपाने, नापी कार्यालय झापाका प्रमुख नापी अधिकृत सुनील आनन्द, कारागार कार्यालय झापाका प्रमुख रेवन्त भट्टराई, फुटबल संघ झापाका अध्यक्ष दिपेस ढकाल समेतको उपस्थिति रहेको थियो ।
त्यस्तैगरी जिल्ला स्थित ट्रेड युनियनका तर्फबाट नेपाल निजामती कर्मचारी संगठन झापाका अध्यक्ष हिरण्य न्यौपाने, नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष लक्ष्मी दाहाल, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष रामचन्द्र बस्नेत, एकिकृत कर्मचारी संगठनका उपाध्यक्ष वेणु सुवेदी समेतको उपस्थिति रहेको थियो ।
२०१३ भाद्र २२ गते पहिलो निजामती सेवा ऐन लागू भएकोले प्रत्येक बर्ष भाद्र २२ गते निजामती सेवा दिवश मनाउदै आएकोमा यस बर्ष समेत निजामती सेवा दिवस- २०८२ को अवसरमा अन्य कार्यक्रमका अतिरिक्त मैत्रीपूर्ण फुटबल खेल  आयोजना गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सदस्य एवं जिल्ला प्रशासन कार्यालय झापाका नायब सुब्बा तथा ट्रेड युनियन एघारतर्फका खेलाडी यदुनन्दन दाहालले जानकारी दिए । 

सम्बन्धित समाचार