२०८३ बैशाख ६ गते , आईतबार

तेस्रो मिस्टर कञ्चनजंघा बडी बिल्डिङ प्रतियोगिता हुँदै, प्रथम पुरस्कार ५ लाख

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र २१ गते , शनिबार
तेस्रो मिस्टर कञ्चनजंघा बडी बिल्डिङ प्रतियोगिता हुँदै, प्रथम पुरस्कार ५ लाख

बिर्तामोड तेस्रो मिस्टर कञ्चनजंघा खुल्ला राष्ट्रिय शारीरिक सुगठन (बडी बिल्डिङ) प्रतियोगिता २०८२ हुन लागेको भदौ २७ २८ गते प्रतियोगिता बिर्तामोडस्थित सिटी सेन्टरमा हुन लागेको हो

शनिबार बिर्तामोडमा पत्रकार भेटघाट आयोजना गरी आयोजकले प्रतियोगिता बारे जानकारी दिएको प्रतियोगिताको विजेताले लाख, दोस्रोले लाख, तेस्रोले लाख, चौथोले लाख, पाँचौंले ७५ हजार छैठौं हुनेले ५० हजार नगद प्राप्त गर्ने प्रतियोगिता आयोजक समिति अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए

प्रतियोगितामा नेपालभरबाट करिब १५० जना प्रतियोगी सहभागी हुने पराजुलीले बताए कोशी बाहेकका प्रदेशबाट सहभागीहुने खेलाडीहरुलाई यातायात तथा आवास खर्चसमेत उपलब्ध गराइने उनले बताए

प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाइसकेका खेलाडीहरुको समेत सहभागिता रहने आयोजक संस्था बडी ग्यारेजका सञ्चालक राम दाहालले जानकारी दिए

पत्रकार सम्मेलनमा सहभागीहरुलाई आयोजक समिति सचिव सन्तोष उप्रेतीले स्वागत गरेका थिए भने भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, उद्योग वाणिज्य महासंघ कोशीका निवर्तमान अध्यक्ष टीकाराज ढकाल, आयोजक समितिका निवर्तमान अध्यक्ष अर्जुन मैनालीले शुभकामना मन्तव्य राखेका थिए कार्यक्रम पत्रकार रमेश तिवारीले सञ्चालन गरेका थिए

 

 

सम्बन्धित समाचार