२०८३ आश्विन १७ गते , शनिबार

प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त, फागुन २१ लाई निर्वाचन मिति घोषणा

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र २८ गते , शनिबार
प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त, फागुन २१ लाई निर्वाचन मिति घोषणा

झापा । जेनजी आन्दोलनका कारण खड्गप्रसाद ओलीले राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । जेनजी प्रतिनिधी, राष्ट्रपति र प्रधानसेनापतिको छलफल पश्चात कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन् ।

नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन् । शुक्रबार राति प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् ।

कार्कीले गरेको प्रतिनिधी सभा विघटनको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका छन् ।

त्यस्तै, फागुन २१ गतेका लागि चुनावको मिति समेत तोकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका हुन् ।

सुरुमा प्रधानमन्त्रीको शपथ गर्ने र त्यसपछि प्रतिनिधिसभा विघटन गर्ने सहमति भएपछि कार्की सहमत भएकी थिइन् ।

गत सोमबार र मंगलबार युवा पुस्ता (जेनजी)को आन्दोलनको बलमा कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन् । उनलाई प्रधानमन्त्री नियुक्त गर्न जेनजीहरूले सञ्जालमै छलफल गरेका थिए ।

सो छलफलपछि मेयर शाहले पनि कार्कीको नाममा समर्थन जनाएका थिए ।

नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हो ।

सम्बन्धित समाचार