२०८३ आश्विन १७ गते , शनिबार

हमासले सार्वजनिक गरेको ४८ बन्दीहरुको तस्विरमा विपिन जोशीपनि

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन ५ गते , आईतबार
हमासले सार्वजनिक गरेको ४८ बन्दीहरुको तस्विरमा विपिन जोशीपनि

झापा । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्बिर’मा नेपालका विपिन जोशीको पनि तस्वीर समावेश गरेको छ ।

इजरायलले गरेको व्यापक स्थलगत र हवाई आक्रमणबाट गाजा क्षेत्रमा राखिएका बन्दीहरूको सुरक्षालाई खतरा पुर्याएको हमासले जिकिर गरेको छ ।

सञ्चार संस्था अल जजिराका अनुसार, इजरायली सेनाले घेरिएको क्षेत्रको सबैभन्दा ठूलो सहरलाई ध्वस्त पार्ने र नियन्त्रणमा लिने अभियान जारी राखेको बेला हमासले यो बिदाई तस्वीर सार्वजनिक गरेको हो ।

कस्साम ब्रिगेड्सले शनिबार अनलाइनमा एउटा संकलित फोटो पोस्ट गरेको छ । त्यसमा जीवित र मृत दुवै बन्दीहरूको अनुहार देखाइएको छ । तिनीहरू सबैलाई ‘रोन अराड’ भनेर क्याप्सन गरिएको थियो ।

यसले सन् १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका क्याप्टेनलाई जनाउने अल जजिराले लेखेको छ ।

अराडको एफ–फोर फ्यान्टम विमानले दक्षिण लेबनानमाथि आक्रमण गर्ने क्रममा चाँडै नै बम विस्फोट हुँदा क्षतिग्रस्त भएको थियो । उनलाई आमल आन्दोलनले कब्जा गरेर पछि हिज्बुल्लाहलाई सुम्पिएको थियो । अराडको मृत्यु भएको विश्वास गरिन्छ, तर उनको वास्तविक अवस्थाबारे कुनै निर्णायक प्रमाण छैन ।

हमासले सार्वजनिक गरेको तस्वीरसँगै ‘नेतान्याहूको अस्वीकार र जामिरको आत्मसमर्पणका कारण, गाजा सिटीमा सैन्य कारबाही सुरु हुने बेलामा यो बिदाई तस्वीर हो’ उल्लेख गरिएको छ ।

यसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजाको नरसंहारात्मक युद्ध अन्त्य गर्न हमाससँग कुनै सम्झौतामा नगर्ने बारम्बार अस्वीकारलाई जनाउँछ। साथै, इजरायली सेनाप्रमुख एयाल जामिरले सार्वजनिक रूपमा सरकारको ‘गाजा सिटी विजय’ योजनाबारे आपत्र् िजनाए पनि स्थल र हवाई आक्रमण विस्तार गर्ने नेतृत्व गरेको सन्दर्भलाई संकेत गर्छ ।

इजरायली अधिकारीहरूले गाजामा अझै करिब २० जना बन्दीहरू जीवितै राखिएका विश्वास व्यक्त गरेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० भन्दा कम मात्र जीवित हुन सक्ने बताएका छन् ।

ट्रम्प र नेतान्याहूले उनीहरूले सबै जीवित र मृत बन्दीहरूलाई फर्काउनेछन् र हमासलाई ‘ध्वस्त’ गर्ने बताउँदै आएका छन् ।

सम्बन्धित समाचार