२०८३ बैशाख ६ गते , आईतबार
नेपाललाई सहयोगका लागि प्रतिबद्ध छौं: भारतीय प्रधानमन्त्री मोदी
बिर्तामोड । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी भएको बताएका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले भनेका छन्, 'हामी यस कठिन समयमा नेपाली जनता र नेपाल सरकारको साथमा छौं । एक मित्रवत् छिमेकी र पहिलो रेस्पोन्डरको रूपमा भारत आवश्यक पर्ने कुनै पनि खाले सहयोग गर्न प्रतिबद्ध छ।'
