२०८३ आश्विन १७ गते , शनिबार

हमासले २० बन्धक रिहा गर्दै, विपिन जोशीको नामै छैन

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन २४ गते , शुक्रबार
हमासले २० बन्धक रिहा गर्दै, विपिन जोशीको नामै छैन

झापा । इजरायलसँग युद्धविराम सहमति भएसँगै हमासले मुक्त गराउन लागेको २० जना युद्धबन्दीको नामावली सार्वजनिक भएको छ । तर, यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने समावेश छैन ।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिए । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरू सबै इजरायली नागरिकहरू छन् ।

अमेरिकाको पहलमा इजरायल र हमास दुई वर्षदेखिको युद्ध रोक्न बिहीबार सहमत भएका थिए । यससँगै नेपालका विपिन जोशी पनि रिहाइ हुने आश गरिएको थियो । राजदूत पण्डितले भने जोशीको अवस्था अझै अज्ञात रहेको बताएका छन् ।

सम्बन्धित समाचार