२०८३ आश्विन १७ गते , शनिबार

मन्त्री घिसिङ इलामको पहिरो पिडित भेट्न जाँदै

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन २५ गते , शनिबार
मन्त्री घिसिङ इलामको पहिरो पिडित भेट्न जाँदै

बिर्तामोड । ऊर्जा, जलस्रोत एवम् भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ इलामका पहिरो पिडितलाई भेट्न जाँदैछन् ।

मन्त्री घिसिङ तथा नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङसहितको टोली पहिरो पिडितलाई भेट्न हिडेका हुन् । मन्त्री घिसिङसहितको टोली भद्रपुर विमानस्थलमा उत्रिएर इलामतर्फ लागेको प्रहरीले जनाएको छ ।

केहिदिन अघि नै गृह मन्त्रीसहित इलाम आउने योजना भएपनि जहाजको टिकट नपाएका कारण रोकिएको खबर बाहिरिएपछि मन्त्री घिसिङको चर्को आलोचना भएको थियो ।

असोज १८ गते आएको अबिरल बर्षाका कारण इलाममा ३९ जनाको मृत्यु भएको थियो भने सयौँ परिवार विस्थापित बनेका छन् ।

सम्बन्धित समाचार