२०८३ बैशाख ६ गते , आईतबार

सिटी सफारी चालकको गोली हानी हत्या

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन २६ गते , आईतबार
सिटी सफारी चालकको गोली हानी हत्या

झापा सुनसरीको रामधुनी नगरपालिका तनमुनामा सिटी सफारी चालकको हत्या भएको

शनिबार साँझ  साढे बजे  स्थानीय ४७ वर्षीय दिनेशकुमार चौधरीको हत्या भएको हो प्रहरीका अनुसार उनको छातीमा गोली हानेको जस्तो दाग

कर्मनिया टोलस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र ०२००४ ७८०४ नम्बरको सिटी सफारी रोकेर चालकलाई मोटरसाइकलमा आएको जनाको टोलीले हत्या गरेको हो

सडकमा रोकेर राखेको सिटी सफारीबाट करिब २०० मिटर टाढा चालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिए सिटी सफारी चालक रक्ताम्य अवस्थामा लडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए

प्रारम्भिक अनुसन्धानपछि चौधरीको शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको उनले बताए हत्याको कारणबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको उनले बताए

चौधरीको हत्यामा कुन हतियार प्रयोग गरिएको हो भन्ने विषय पोष्टमार्टमपछि मात्रै खुल्ने डिएसपी खतिवडाले जानकारी दिए

सम्बन्धित समाचार