२०८३ आश्विन १७ गते , शनिबार

विपिन जोशीको शव सोमबार नेपाल आइपुग्ने

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २ गते , आईतबार
विपिन जोशीको शव सोमबार नेपाल आइपुग्ने

बिर्तामोड । हमासद्वारा इजरायलमा मारिएका विपिन जोशीको शव भोलि नेपाली ल्याउने तयारी भइरहेको छ । परराष्ट्र मन्त्रालय त्यसको तयारीमा जुटेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार विपिनको शव सोमबार साढे २ बजे नेपाल आइपुग्नेछ । उनको शव नेपाल आएपछि सरकारको तर्फबाट श्रद्धाञ्जलि कार्यक्रम गरिने छ ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले विपिन शव ल्याउन नेपालबाट प्रतिनिधि जाने भनिए पनि तयारी भने भइनसकेको बताए । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत विपिन जोशी इजरायल गएका थिए । सन् २०२३ अक्टोबर ७ मा हमासले इजराइलमाथि आक्रमण गर्दा विपिन हमासको कब्जामा परेका थिए, जहाँ १० नेपालीको ज्यान गएको थियो । ती १० नेपालीको शव त्यतिबेलै नेपाल ल्याइएको थियो । विपिन हमासको कब्जामा रहेको थाहा पाएपछि रिहाइका लागि नेपालले निकै प्रयास गरेको थियो ।

हमास समूहले इजरायललाई विपिनको शव हस्तान्तरण गरेपछि त्यसको डीएनएलगायत अन्य परीक्षणमार्फत उनी नै रहेको पुष्टि भएपछि इजरायलबाट शव ल्याउने प्रक्र सुरु गरेको हो । भोली जोशीको शव नेपाल आइ पुग्नेछ ।

सम्बन्धित समाचार