२०८३ आश्विन १७ गते , शनिबार

सडकमा प्रदर्शन नगर्न गृहमन्त्री अर्यालको आग्रह

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक ९ गते , आईतबार
सडकमा प्रदर्शन नगर्न गृहमन्त्री अर्यालको आग्रह

बिर्तामोड । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि उनले सो आग्रह गरेका हुन् ।

मन्त्री अर्यालले सरकार संवादका लागि तयार रहेको स्पष्ट समेत पारे । ‘राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ । संवादमा आउनुर्पयो । संवाद गर्न सरकार तयार छ । सडकमा जानु जरुरी छैन’, गृहमन्त्री अर्यालले भने । लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन् नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्ने उनको भनाइ छ । 

‘सार्वजनिक र निजी सम्पत्तिमा क्षति र्पुयाउनु भएन । कहीँ कतै हिंसात्मक गतिविधि हुनु भएन । विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारीलाई सरकारको अनुरोध हो’, गृहमन्त्री अर्यालले भने ।

बालुवाटार सुरक्षा बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण भएको जानकारी दिँदै उनले सुरक्षा स्थितिलाई सामान्यीकरण गर्दै चुनावको वातावरण बनाउन सरकार केन्द्रित रहेको बताए ।

शनिबार प्रधानमन्त्री सुशीला कार्कीसँग गृहमन्त्री अर्यालसहित ४ वटै सुरक्षा निकायका प्रमुखहरूले सुरक्षाका विषयमा छलफल गरेका थिए ।

सम्बन्धित समाचार