२०८३ आश्विन १७ गते , शनिबार

अलैँची निर्यात बढ्यो, चिया घट्यो

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक १० गते , सोमबार
अलैँची निर्यात बढ्यो, चिया घट्यो

बिर्तामोड । पूर्वी नाका काँकरभिट्टाबाट अलैँची निर्यातमा वृद्धि भएको छ । चालु आवको प्रथम त्रैमासिकमा गत आवको सोहि अवधिको तुलानामा अलैँची निर्यातमा वृद्धि भएको हो ।

चालु आवको असोज मसान्तसम्ममा काँकरभिट्टा नाका भएर एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैँया बराबरको १०७२२०० केजी अलैँची निर्यात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ । गत आवको सोहि अवधिमा एक अर्ब २६ करोड २१ लाख ८ हजार मुल्य बराबरको ७८३७५० केजी अलैँची निर्यात भएको थियो । यो चालु आवको भन्दा ३३ प्रतिशतले कमी हो ।

त्यस्तै चालु आवको असोज मसान्तसम्म चिया निर्यातमा भने कमी आएको छ । असोज मसान्तसम्ममा एक अर्ब एक करोड २१ लाख ६ हजार मुल्य बराबरको ३५३८०७१ किलो चिया निर्यात भएकोमा गत आवको सोहि अवधिमा एक अर्ब ७१ करोड ४० लाख ३१ हजार रुपैँया बराबरको ६४२६७४८ किलो चिया निर्यात भएको कार्यालयले जनाएको छ । यो चालु आवको भन्दा ४०.९ प्रतिशतले बढी हो ।

 

सम्बन्धित समाचार