२०८३ आश्विन १७ गते , शनिबार

अर्को पार्टी गठन गर्ने मुडमा झलनाथ

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक १५ गते , शनिबार
अर्को पार्टी गठन गर्ने मुडमा झलनाथ

बिर्तामोड । नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी सहितका पार्टीहरूसँग एकता गर्ने निर्णय लिएपछि पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अर्को पार्टी गठन गर्ने भएका छन् ।

शुक्रबार सम्पन्न नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले पार्टी एकताको प्रक्रिया नरोकिने निर्णय सुनाएका थिए । खनालले भने भिन्न मत समेत राख्न पाएनन् ।

बैठक सकिएपछि खनालले अब अर्को पार्टी गठन गर्ने बताए । ‘एमालेसँगको विद्रोहका औचित्य पुष्टि नगर्दै पार्टीलाई माओवादीमा लैजाने जबर्जस्ती निर्णय गरियो’ उनले भने, ‘पार्टीलाई विसर्जन गरियो ।’

उनले एमालेले गरेको घर फिर्तिको आह्वानलाई सकारात्मक रुपमा लिएको बताए । एमालेमा जाने विषयबारे उनले पार्टीको नीति सिद्धान्तमा सहमति हुनुपर्ने उल्लेख गरे ।

उनले पार्टी पुनर्गठनका लागि आफूहरूले शनिबार नेताहरूसँग छलफल गर्ने त्यसपछि पार्टीको कानुनी प्रकियाबारे बझ्ने जानकारी दिए । यही नाम नमिल्ने भए निर्वाचन आयोगमा दर्ता भएका अन्य पार्टीहरूसँग पनि एकताबारे कुरा गर्न सकिने बताए ।

सम्बन्धित समाचार