२०८३ बैशाख ६ गते , आईतबार

माओवादी केन्द्रको नेतृत्वमा ९ पार्टीबिच आज एकता घोषणा हुँदै

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक १९ गते , बुधबार
माओवादी केन्द्रको नेतृत्वमा ९ पार्टीबिच आज एकता घोषणा हुँदै

झापा नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेकपा एकीकृत समाजवादीसहितका वटा पार्टीहरूबिच आज एकता घोषणा हुने भएको

माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबिच काठमाडौँको भृकुटीमण्डपमा आज दिउँसो बजे एकता घोषणा हुने बताए

एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने बताइएको पार्टीको चुनाव चिह्न पाँच कुने तारा राख्ने दलहरूबिच सहमति भएको यसअघि हिजो नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको थियो

यद्यपि यो एकताको विरोध गर्दै माओवादी केन्द्रका नेता जनार्दन शर्मा, राम कार्की लगायतले छुट्टै अभियान घोषणा गरिसकेका छन् उता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत पनि एकता प्रक्रियामा सामेल नहुने भएका छन्

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने एमालेका पूर्वउपाध्यक्ष डा भीम रावलसहित दुवै पार्टीमा असन्तुष्ट रहेका नेतालाई पनि एकता प्रक्रियामा ल्याउने प्रयास भइरहेको दाबी गर्दै आएका छन्

सम्बन्धित समाचार