२०८३ बैशाख ६ गते , आईतबार
विदेशी चलखेल रोक्न राष्ट्रिय अभियान चलाउने प्रचण्डको भनाई
बिर्तामोड । नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वैदेशिक चलखेल रोक्न राष्ट्रिय अभियान चलाउने बताएका छन् ।
‘जेनजी आन्दोलनले विशेष परिस्थिति खडा गर्यो । नेपालको इतिहासमा यति ठूलो राष्ट्रिय संकट कहिलै पैदा भएको थिएन । संकटबाट देश जोगाउने जिम्मा दलहरुको हो,’ उनले एकता सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘कम्युनिष्टहरु देशभक्त रहँदै आएका छन् । अब कम्युनिस्ट एक भएर नयाँ राष्ट्रिय अभियान चलाएर वैदेशिक चलखेल रोक्नु पर्ने छ । त्यसको सुरुआत यहाँबाट गरिएको छ ।’