२०८३ बैशाख ६ गते , आईतबार
इप्रका दमकमा आक्रमण गर्ने थप दुई जना पक्राउ
बिर्तामोड । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकमा आक्रमण गर्ने थप दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा इलाम चुलाचुली ३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली ५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । उनीहरुलाई गएराति इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा इप्रका दमकको कार्यालय परिसर तोडफोड र आगजनी गरेको उनीहरुमाथि आरोप लागेको हो । योसंगै इप्रका दमकमा आक्रमण गर्ने ६ जना पक्राउ परिसकेका छन् ।