२०८३ बैशाख ६ गते , आईतबार

मधेश प्रदेश प्रमुख कर्णले लिए सपथ

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २५ गते , मंगलबार
मधेश प्रदेश प्रमुख कर्णले लिए सपथ

बिर्तामोड राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन्

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले कर्णलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका हुन्

संविधानको धारा १६३ को उपधारा (२) बमोजिम कर्णलाई राष्ट्रपति पौडेलले मधेश प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति थियो

सोमबारको मन्त्रिपरिषद् बैठकले सुमित्रा सुवेदी भण्डारीलाई मधेश प्रदेश प्रमुखबाट पदमुक्त गरेको थियो

नेकपा एमालेको तर्फबाट प्रदेश प्रमुख बनेकी भण्डारीले संविधान विपरीत महोत्तरीको बर्दिबासमा नेकपा एमालेका सरोजकुमार यादवलाई एकाबिहानै मुख्यमन्त्री नियुक्त गरेर होटलमै शपथ गराएकी थिइन्

भण्डारीको कदमको विरोध गर्दै सोमबार दिनभर मधेश प्रदेश सदरमुकाम जनकपुर तनावग्रस्त बनेको थियो प्रदेशसभाका असन्तुष्ट दलहरूले मुख्यमन्त्रीको कार्यालय समेत तोडफोड गरेका थिए

सम्बन्धित समाचार