२०८३ आश्विन १६ गते , शुक्रबार

संजिवनीद्वारा रक्तदान, ४६ पिण्ट रगत संकलन

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २८ गते , शुक्रबार
संजिवनीद्वारा रक्तदान, ४६ पिण्ट रगत संकलन

बिर्तामोड । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको संजिवनी बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको १८औँ बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा ४६ पिण्ट रगत संकलन भएको संस्थाका अध्यक्ष यामकुमार चुडालले जानकारी दिए ।

स्वास्थ्य संस्थाहरुमा रगतको अभाव परिपूर्ति गर्ने उद्धेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए । कार्यक्रम संजिवनीको नवनिर्मित भवनमा आयोजना गरिएको थियो ।

नेपाल रेडक्रम सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न गरिएको थियो । 

सम्बन्धित समाचार