२०८३ बैशाख ६ गते , आईतबार
संसद पुनर्स्थापनाको माग राख्दै एमालेको जागरण सभा सम्पन्न
बिर्तामोड । संसद् पुनर्स्थापना, संविधानको रक्षा तथा असंवैधानिक सरकारी कदम विरुद्ध आवाज उठाउने उद्धेश्यले शनिबार एमालेले जागरण सभा आयोजना गरेको छ ।
झापाको बिर्तामोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सचिव पद्मा अर्यालले संसद् पुनर्स्थापना, संविधानको रक्षा तथा असंवैधानिक सरकारी कदम विरुद्ध दबाब सिर्जना गर्न पार्टीले देशभर जागरण सभा मार्फत अभियान सुरु गरेको बताइन् ।
जेन–जी आन्दोलनका क्रममा भएका आपराधिक तथा अराजक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाही गराउन सरकारलाई दबाब दिने उद्देश्यले पनि जनजागरण सभा आयोजना गरिएको उनको भनाई थियो ।