२०८३ बैशाख ५ गते , शनिबार
एनपिएल : आज सुदुरपश्चिम-लुम्बिनी, जनकपुर-पोखरा भिड्दै
बिर्तामोड । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित टीयु रङ्गशालामा भइरहेको दोस्रो संस्करणको खेल अन्तर्गत आजको पहिलो खेल दिउँसो ११:४५ बजे सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। यसअघि भएका तीनवटै खेलमा जीत दर्ता गरेको सुदूरपश्चिम ६ अंकसहित शीर्ष स्थानमा रहेको छ। लुम्बिनी भने दुई खेलबाट एकमा जित हात पार्दै २ अंकसहित तालिकाको छैटौँ स्थानमा छ।
दोस्रो खेलमा साँझ ४ बजे जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्नेछन्। दुवैले अहिलेसम्म दुई-दुई खेल खेले पनि खाता खोल्न सकेका छैनन् ।