२०८३ आश्विन १७ गते , शनिबार

धमाधम पक्राउ पर्दै फरार कैदी

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर १५ गते , सोमबार
धमाधम पक्राउ पर्दै फरार कैदी

बिर्तामोड । जेनजी आन्दोलनको क्रममा फरार कैदी धमाधम पक्राउ परिरहेका छन् । आइतबार प्रहरीले केन्द्रीय कारागारबाट फरार झापा गाउँपालिका ५ बस्ने ३९ बर्षीय ऐराजुल हकलाई पक्राउ गरेको हो ।

लागूऔषध र जाली नोट कारोबारी मुद्दाका कैदी हक जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागारबाट फरार भएका थिए । झापा गाउँपालिका वडा नं ५ पन्थापाडा ठेगाना भएका हकलाई झापा गाउँपालिका वडा नम्बर ४ भामटोलीस्थित आफन्तको घरमा लुकिछिपि बसिरहेको अवस्थामा आज विहान १२ः४५ बजे प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी नायव निरीक्षक किरण मोक्तान कमाण्डको गस्ती टोलीले हकलाई फेला पारी जिल्ला प्रहरी कार्यालय झापामा बुझाएको छ । उनलाई आवश्यक कारवाहीको लागि सम्बन्धित कारागार पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार