२०८३ आश्विन १७ गते , शनिबार

काठमाण्डौबाट चोरी भएको बाइक पाँचथरमा पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर १९ गते , शुक्रबार
काठमाण्डौबाट चोरी भएको बाइक पाँचथरमा पक्राउ

बिर्तामोड । काठमाण्डौबाट हराएको मोटरसाइकल जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले फेला पारि सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

मंसिर १२ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव निरीक्षक पूर्णप्रसाद गौतमको कमाण्डमा खटिएको टोलीले फिदिम–४ मा चेकजाँचको क्रममा शंका लागि प्रदेश १–०२–०५६ प ५१८१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो । उक्त मोटरसाइकल अनुसन्धानको क्रममा काठमाण्डौ १५ बस्ने ३६ बर्षीय संजिव महर्जनको बागमती प्रदेश ०२–०४८ प १३१८ नम्बरको बाइक कात्तिक २७ गते काठमाण्डौबाट हराएको र यहाँ नम्बर परिवर्तन गरि कुदाइएको पाइएपछि सम्बन्धित धनीलाई शुक्रबार जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिए ।

 

सम्बन्धित समाचार