२०८३ आश्विन १७ गते , शनिबार

कनकाईमा सवारी दुर्घटनामा घाइते एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर २५ गते , विहीबार
कनकाईमा सवारी दुर्घटनामा घाइते एक जनाको मृत्यु

बिर्तामोड । झापाको कनकाईमा गत सोमबार दुई वटा मोटरसाइकल र एउटा अटो जुधेर दुर्घटना हुँदा घाइते एक जनाको मृत्यु भएको छ । बाह्रदशी ३ बस्ने २४ बर्षीय विकास राजवंशीको उपचारको क्रममा मृत्यु भएको हो ।

कनकाई नगरपालिका वडा नम्बर ८ स्थित खाडी वस्तीमा मंसिर २२ गते साँझ ५ः४० बजे राजगढबाट लक्ष्मीपुरतर्फ आउँदै गरेको मे ९ प ४६९१ नम्बरको मोटरसाइकल त्यस्तै गरी  लक्ष्मीपुरबाट राजगढ तर्फ जाँदै गरेको  प्र. १–०१–०१२प ८५६५ नम्बरको मोटरसाइकल र  राजगढबाट लक्ष्मीपुर तर्फ आउँदै गरेको प्र. १–०१–००१ ह ९७६० नम्बरको अटो आपसमा जुधेर दुर्घटना मे ९ प ४६९१ नम्बरको मोटरसाइकल पछाडी सवार राजवंशी गम्भिर घाईते भइ बिर्तासिटी अस्पतालमा उपचार भइरहेकोमा बुधबार विहान ११ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा परेका तीन वटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार