२०८३ बैशाख ६ गते , आईतबार
मन्त्रिपरिषद् विस्तार, आजै सपथ हुने
झापा । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । आज चार जना मन्त्री थपेर चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।
शीतल निवास स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाइँदैछ ।
श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
चौलागाईं नेपाली कांग्रेसको अपाङ्ग संघका अध्यक्ष हुन् । भण्डारी नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक हुन् भने श्रेष्ठ पर्यटन बोर्डकी पूर्व कर्मचारी हुन् ।