२०८३ बैशाख ६ गते , आईतबार

एकपक्षीय प्रतिनिधि मनोनित गरेको भन्दै पोखरेल समूहको आपत्ति

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर २७ गते , शनिबार
एकपक्षीय प्रतिनिधि मनोनित गरेको भन्दै पोखरेल समूहको आपत्ति

झापा नेकपा एमालेको ११औँ महाधिवेशन आजबाट भक्तपुरको सल्लाघारीमा शुरु भएको महाधिवेशनमा केपी ओली इश्वर पोखरेल समूह नेतृत्वको रस्साकस्सीमा छन्

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले सहमति विपरीत एकपक्षीय रूपमा प्रतिनिधि मनोनित गरेको भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आपत्ति जनाएको

शुक्रबारको सचिवालय बैठकमा ओली पोखरेल समूहले ६०/४० को अनुपातमा प्रतिनिधि मनोनित गर्ने सहमति भए पनि ओली समूहले एकलौटी गरेको भन्दै आपत्ति जनाएको हो

पोखरेल समूहका पत्रकार राजेश राईले नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनित १०८ जना प्रतिनिधिको विषयमा अध्यक्षका दाबेदार ईश्वर पोखरेल समूहले गम्भीर असहमति जनाएको बताएका छन्

हिजोको सचिवालय बैठकमा १०८ जना प्रतिनिधिहरू अध्यक्ष वरिष्ठ उपाध्यक्ष बसेर टुङ्गो लगाउने सहमति भएको थियो सोही सहमति अनुसार आज बिहान अध्यक्ष वरिष्ठ उपाध्यक्ष बसेर टुङ्गो लगाउने कुराकानी भएको थियो, राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तर उक्त सहमति विपरीत एक पक्षीय रूपमा सूची सार्वजनिक गरिएपछि नेताहरूले आपत्ति जनाउनुभएको

सम्बन्धित समाचार