२०८३ बैशाख ६ गते , आईतबार

एमाले उपमहासचिव ज्ञवाली सदस्यमा उम्मेदवारी दिन बाध्य

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर २९ गते , सोमबार
एमाले उपमहासचिव ज्ञवाली सदस्यमा उम्मेदवारी दिन बाध्य

बिर्तामोड नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उपाध्यक्षको सूचीमा रहेका ज्ञवालीले महासचिवबाहेक अन्य पदमा आफ्नो इच्छा नरहेको भन्दै सदस्यमा मनोनयन दर्ता गराएका हुन्

स्रोतका अनुसार, आइतबार साँझ गुण्डुमा भएको छलफलमा पनि ज्ञवालीले आफू महासचिव बाहेकको पदमा उम्मेदवारी नदिने अडान लिएका थिए यद्यपि प्यानल बन्ने बेलामा उनलाई उपाध्यक्षको लिस्टमा राखियो

जसमा उनले सहमति जनाएनन् आज बिहान भृकुटीमण्डपस्थित बन्दसत्र हलबाट बाहिरिएका ज्ञवाली पछि पुनः मनोनयनका लागि पुगेका थिए उनी त्यहाँबाट चित्त दुखाएर रुँदै फर्किएका छन्

उनले केन्द्रीय कमिटी सदस्यका लागि मनोनयन गर्दा गराएको उनीनिकट स्रोतले बताएको ज्ञवालीले आफू निकटस्थहरूसँग एउटै व्यक्तिलाई दोहोर्याईराख्ने प्रवृत्ति उचित नभएको टिप्पणी गरेका छन्

एमालेको पदाधिकारी थिएँ अब कार्यकर्ता रहन्छु पार्टीमा सबैलाई प्रतिस्पर्धा गर्ने समान अवसर हुन्छ भन्ने थियो,’ निकटस्थहरूसँग ज्ञवालीले भनेका छन्, ‘एउटै व्यक्तिलाई दोर्होयाइराख्ने प्रवृत्ति उचित भएन मेरो मन एकदमै दुखेको

उनले आफू पार्टी आन्दोलनमै रहेको पनि बताएका छन्

पार्टी आन्दोलनमै छु केन्द्रीय सदस्यबाहेक मेरो उम्मेदवारी अन्त रहेन,’ ज्ञवालीले भनेका छन्

 

सम्बन्धित समाचार