२०८३ बैशाख ५ गते , शनिबार
नेप्सेमा दोहोरो अंकको वृद्धि
बिर्तामोड । लामो समयपछि सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक १८.३७ अंकले बढेको हो । यसअघि मंसिर १२ गते सेयर बजार दोहोरो अंकले बढेको थियो ।
आज बजारमा समूहगत परिसूचकमध्ये ट्रेडिङ क्षेत्र बाहेक सबै बढेका छन् । सबैभन्दा धेरै वृद्धि विकास बैंकको १.५६ प्रतिशत, होटेल तथा टुरिजम १.४९ प्रतिशत तथा अन्य समूहको १.१५ प्रशितले बढ्दा बाँकी समूहका सूचक एक प्रतिशत भन्दा कमले मात्रै बढेको देखिन्छ ।
बजारमा आज स्वस्तिक लघुवित्त, नारायणी विकास बैंक र एसवाई प्यानलको शेयरमा सकारात्मक सर्किट लागेको छ । स्वेचगंगा हाइड्रोको मूल्य सबैभन्दा धेरै ४.१६ प्रतिशतले घटेको छ ।
बजारमा आज ङादी पावर कम्पनीको १९ करोड र लुम्बिनी विकास बैंकको १० करोड रुपैयाँको कारोबार बाहेक अन्य कम्पनीको उल्लेख्य कारोबार भएनन् ।