२०८३ आश्विन १७ गते , शनिबार

चुनाव गराउन साढे सात अर्ब बजेट

sajilo news
परिवेश मिडिया
२०८२ पौष ३ गते , विहीबार
चुनाव गराउन साढे सात अर्ब बजेट

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्न सात अर्ब ८१ करोड बजेट पाउने भएको छ । अर्थ मन्त्रालयले यसअघि स्वीकृत भएको बजेटलाई परिमार्जन गरी बढाएको हो ।

निर्वाचनका लागि मागेको अनुमानित बजेटमा भारी कटौती गरेसँगै आयोगले पुनरावलोकन गर्न अर्थ मन्त्रालयसँग माग गरेको थियो । 

आयोगले निर्वाचन सम्पन्न गर्न माग गरेको बजेटमा अर्थ मन्त्रालयले माग गरिएको बजेटमा झन्डै ४० प्रतिशतले कटौती गरेको थियो ।

उक्त बजेटले निर्वाचन कार्यक्रम सम्पन्न गर्न नपुग्ने भन्दै आयोगले संशोधन गर्न सरकारसँग माग गरेका थियो । योसँगै अर्थ मन्त्रालयले आयोगलाई एक अर्ब ७७ करोड रुपैयाँ थपेर पठाएको हो ।

सम्बन्धित समाचार